खाद्यान्न तथा गोदाम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

५ बर्ष अघि

२0७५ पुष २६ बिहीबार

खाद्यान्न तथा गोदाम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

सुलोचना महता, पुस २६ दार्चुला । शिक्षाका लागि खाद्य कार्यक्रम इकाई कार्यालय दार्चुलाको आयोजना तथा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा बुधबार देखि सञ्चालन भएको खाद्यान्न तथा गोदाम व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएका विद्यालयहरुबाट सहभागिता जनाएका कर्मचारीहरुलाई खाद्य सामग्रीहरुको सुरक्षा र गोदाम घरको व्यवस्थापन कसरी गर्ने तथा स्टोरकिपरको क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरेको विश्व खाद्य कार्यक्रमका प्रशिक्षक विजय विश्वकर्माले बताउनु भयो । 
शिक्षाका लागि खाद्य कार्यक्रम इकाई कार्यालय दार्चुलाका प्रमुख योगेन्द्र बमको अध्यक्षता एवंम विश्व खाद्य कार्यक्रमका प्रशिक्षक विजय विश्वकर्माको प्रमुख आतिथ्यतामा खाद्यान्न तथा गोदाम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको हो ।  जिल्लाका १ सय ९१ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम लागु भएको छ । तालिममा खाद्यान्न वितरण केन्द्रका आठ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।