दृष्टिकोण समाचार, २६ पुस कञ्चनपुर । सुदुरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला जोशीले सुदुरपश्चिम प्रदेश भरीका सुकुम्बासीहरुको समस्याको दिगो व्यवस्थापन गर्न प्रदेश सरकारले छिट्टै नयाँ नीति लागु गर्ने बताएका छन् । भिमदत्त नगरपालिका १८ कञ्चनपुरमा रहेको गौरीदेबि टोल भूमि अधिकार मञ्चले विहिबार आयोजना गरेको माघि मिलन कार्यक्रमको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला जोशीले यस्तो बताएका हुन् । विशेष गरी माघे संक्रान्तिका दिन अर्थात थारु समुदायमा धुमधामसँग मनाईने माघि पर्व र थारु समुदायको नयाँ बर्षको अवसरमा आयोजित कार्यक्रममा सुभकामना दिँदै थारु समुदायको आफ्नै मौलिक संस्कृति रहेकोमा प्रदेश सरकारले थारु लगायत सबै समुदायका संस्कृति संरक्षणमा पनि योगदान गर्ने बताएका छन् ।
अहिले प्रदेश सरकार विभिन्न किसिमका ऐन नियमावलीहरु निर्माण गर्ने क्रममा रहेकाले प्रदेश भित्रका सबै समुदायहरुको अनुकुल हुने गरी व्यवस्था गरिने बताउनु भयो । साथै थारु समुदायमा रहेका विभिन्न राम्रा पक्षको संरक्षण गर्न प्रदेश सरकारले गर्नु पर्ने सहयोग र सहकार्यका लागि सरकार सकारात्मक रहेको बताउनु भयो ।