६ महिनामाको अवधिमा दार्चुला जिल्लामा ३० प्रतिशत बजेट खर्च 

५ बर्ष अघि

२0७५ पुष २६ बिहीबार

६ महिनामाको अवधिमा दार्चुला जिल्लामा ३० प्रतिशत बजेट खर्च 

दृष्टिकोण समाचार, पुस २६ दार्चुला । चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा दार्चुला जिल्लाको कुल पुँजीगत बजेटको ३० दशमलब ७२ प्रतिशत बजेट खर्च गरिएको छ । कोष तथ लेखा नियन्त्रण कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार जिल्लाको कुल पूँजिगत बजेट ५७ करोड ३५ लाख, २३ हजार रुपैँया मध्ये पुस महिनाको आजसम्म १७ करोड ६२ लाख ४ सय २४ रुपैँया ९८ पैशा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका सूचना अधिकारी इन्द्रसिह धामीले जानकारी दिनुभयो । 
त्यसैगरी जिल्लाको कुल २ अर्ब ९४ करोड ४२ लाख २५ हजार १ सय ३५ रुपैँयाको चालु बजेट मध्ये हालसम्म १ अर्ब १२ करोड १२ लाख ८३ हजार ८ सय ७ रुपैँया १२ पैशा खर्च भएको छ । 
बजेट खर्च गर्नेमा नौगाड गाउँपालिका अगाडी 
दार्चुला जिल्लाका दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नौ वटा पालिकामध्ये  सबभन्दा बढी नौगाड गाउँपालिकाले पुँजीगत बजेट खर्च गरेको छ । ५५ लाख रुपँैया पूँजिगत बजेट रहेको नौगाड गाउँपालिकाले पुस महिना सम्म २७ लाख ५० हजार रुपैँया खर्च गरेको छ । विभिन्न विकास निर्माणको निर्माण कार्य भुक्तानिमा यो बजेट गरिएको नौगाड गाउँपालिकाले जनाएको छ । अन्य आठ वटा स्थानीय तहहरुको पूँजिगत बजेट खर्च सुन्य रहेको छ ।