पाँच महिनाको अवधीमा महिला हिंसाका ३२ घटना प्रहरीमा

५ बर्ष अघि

२0७५ पुष २६ बिहीबार

पाँच महिनाको अवधीमा महिला हिंसाका ३२ घटना प्रहरीमा


ललित सामन्त, पुस २६ दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा महिला हिंसाका ३२ वटा मुद्दाहरु दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउन देखि पुस महिनामा लौङगिक हिंसाका ६ वटा, महिला हिंसाका १० वटा, घरेलु हिंसाका १५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा महिला हिंसा, घरेलु हिंसा र लौङगिक हिंसा ५६ वटा मुद्दा दर्ता भएका थिए । प्रहरीमा दर्ता हुने मुद्दाको संख्याका आधारमा महिला हिंसाका घटनाहरुमा पछिल्लो समय कमि आईरहेको देखिएको छ ।