राप्रपा र विवेकशिल साझाले सयुक्त रुपमा पृथ्वि जयन्ती मनाउने

५ बर्ष अघि

२0७५ पुष २६ बिहीबार

राप्रपा र विवेकशिल साझाले सयुक्त रुपमा पृथ्वि जयन्ती मनाउने

दृष्टिकोण समाचार, पुस २६ दार्चुला । पुस २७ गते अर्थात भोली परेको २९७ औँ पृथ्वी जयन्तीको अवसरमा दार्चुलामा राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशिल साझा पार्टीले दार्चुलामा पृथ्वी जयन्ती मनाउने बताएको छ । राप्रपा दार्चुलाका अध्यक्ष बिरसिह बडाल र विवेकशिल साझा पार्टीका दार्चुला अध्यक्ष चक्रबहादुर बमले दुबै पार्टीका साझेदारीमा नेपालको एकीकरण गर्ने व्यक्ति पृथ्वी नारायण शाहलाई राज्यले उपेक्षा गरेको बताउनु भयो । राज्यले त्यस्ता व्यक्तिको सम्मान गर्न नसकेको भन्दै दार्चुृलाबाट दुबै पार्टीको पहलमा बाँजागाजा सहित दार्चुला सदरमुकाममा पर्भात फेरी गरी कोणसभा कार्यक्रम गर्ने राप्रपा दार्चुला अध्यक्ष बिरसिह बडालले जानकारी दिनुभयो ।