अभिभावकद्धारा विद्यालयमा तालाबन्दी

५ बर्ष अघि

२0७५ पुष २५ बुधबार

अभिभावकद्धारा विद्यालयमा तालाबन्दी

सुलोचना महता, पुस २५ दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वाड नम्बर ४ काडापारी मालिकार्जुन माध्यमिक विद्यालयमा  अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेका छन् । बुधबार विगत ४ वर्ष देखि विद्यालयमा अभिभावक भैला नगरीकन विद्यालयमा शैक्षिक क्रियाकलाप भइरहेको भन्दैँ विद्यालयमा अभिभावकहरुले तालाबन्दी गरेका हुन् । विद्यालयमा पठनपाठन गुणस्तरीय हुनुको सट्टा कमजोर हुदैँ गएको भन्दैँ अभिभावक भेला गराउनु पर्ने माग अभिभावकहरुले राखेका छन् । भाेली पुस २६ गतेका दिन शैल्यशिखर नगरपालिका वाड नम्बर ४ को वडा कार्यालयमा जनप्रतिनिधि, अभिभावक लगायत स्थानीयको सहभागितामा अभिभावक भेला गराई शैक्षिक सुधार गर्नुपर्ने समेत अभिभावकहरुले माग राखेका छन् ।