जौलजिवीमा भोली सडक बत्ती बल्दै 

५ बर्ष अघि

२0७५ पुष २५ बुधबार

जौलजिवीमा भोली सडक बत्ती बल्दै 

ललित सामन्त,पुस २५ दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वार्ड नम्बर ७ मा पर्ने जौलजिवी क्षेत्रमा भोली देखि सडक बत्ती बल्ने भएको छ । करिब २ महिना देखि बन्द रहेको सडक बत्ती भोली देखि सञ्चालनमा आउने भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने जौलजिवी क्षेत्रमा सडक बत्ती बल्ने मालिकार्जुन गाउँपालिका वार्ड नम्बर ७ का वडा अध्यक्ष लोकेन्द्र सिह धामीले बताउनु भयो । विगत लामो समय देखि घाम नपर्ने भएकाले सडक बत्ती बाल्ल बाट वञ्चित भएका त्यहाँका स्थानीयहरुले भने भोली देखि सडक बत्ती बाल्ने भएपछि खुशी भएको स्थानीय गजेन्द्र चन्द्रको भनाई रहेको छ । विगत लामो समय देखि वन प्रहरी स्थित  रहेको  सडक बत्तीले घाम नपाउदा बन्द रहेकोमा भोली देखि नेपाल भारत जोड्ने जौलजिवी पुल नजिकैमा सारेपछि बत्ती बल्ने भएको छ । सडकमा बत्ती नहुदा रातीमा हिडुल गर्ने व्यतिmहरुलाई समस्या पर्नुका साथै प्रहरीलाई चेक जाचँ गर्ने समस्या आउने गरेको थियो भने भोली देखि बत्ती बलेमा प्रहरीलाई पनि चेक जाचँमा सहयोग पुग्ने वडा अध्यक्ष धामीले बताउनु भयो ।