बढी भाडा असुल्नेलार्इ कारबाहीको माग राख्दैँ विद्यार्थी समुहद्धारा पे्रस विज्ञप्ती 

५ बर्ष अघि

२0७५ पुष २५ बुधबार

बढी भाडा असुल्नेलार्इ कारबाहीको माग राख्दैँ विद्यार्थी समुहद्धारा पे्रस विज्ञप्ती 

 

सुलोचना महता, पुस २५ दार्चुला । दार्चुला जिल्लामा केही महिना देखि भइरहेको यातायातमा निर्धारित भाडाँ भन्दा बढी भाडा असुल्ने तथा मनोमानी गर्ने व्यक्तिलाई कारबाहीको माग राख्दैँ दार्चुला बहुमुखी क्याम्पसका मानविकी तथा समाजशास्त्र विद्यार्थी समुहले बुधबार पे्रस विज्ञप्ती निकालेको छ । यातायातमा भएको भाडा वृद्धिले गर्दा सर्वसाधारण जनता मार्कामा पर्न गएको भन्दैँ सदमुकाम बङ्गाबगड देखि दल्लेख, सन्डुमुन्डु, धुलिगाडा, होपरी गाड, मार्मा क्षेत्र लगायत दुहुँ क्षेत्रका सडकमा चल्ने जीपहरुको भाडा सरकारी दर अनुसार हुनु पर्ने  पे्रस विज्ञप्तीमा उल्लेख छ ।