केसी फरी १६औ अनसनमा

५ बर्ष अघि

२0७५ पुष २५ बुधबार

केसी फरी १६औ अनसनमा

२५ पुस, काठमाडौं । आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने माग गर्दै डा. गोविन्द केसी आमरण अनसनमा बसेका छन् ।इलाममा बुधबार पत्रकार सम्मेलन गरी उनले माफियामुखी बुँदाहरु समेटेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक संसदमा पठाएकाले बुधबार ५ बजेदेखि १६ औं अनसन सुरु गरेको बताएका छन् ।केसी इलामको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसन बसेका छन् ।

सीले ६ बुँदे माग राख्दै सत्याग्रह सुरु गरेका हुन् । उनले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते सरकारसँग भएको सम्झौताअनुसार अक्षरश संशोधन गरेर चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न माग गरेका छन् । त्यस्तै गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गर्न माग गरेका छन् ।त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः संस्थानमै फिर्ता गर्न र कृषि तथा वन विश्वविद्यालयले चोर बाटोबाट दिन लागेको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीलाई कारबाही गर्न पनि केसीले माग गरेका छन् ।केसीले पूर्वी पहाडको इलाम, उदयपुर, सुदुर पश्चिमको डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल स्थापना गर्न पनि माग गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गर्न पनि उनले माग गरेका छन् ।

निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन र प्रमाण लोप गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न भएको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्नेमाथि फौजदारी मुद्दा चलाउन पनि केसीले माग गरेका छन् ।द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्राष्ट्रिय कानुनअनुसार दण्डित गर्न र द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्‍याउन पनि उनले माग गरेका छन् ।सरकारी निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारवाही गर्न पनि केसीले माग गरेका छन् ।