दार्चुलामा पनि राप्रपाले पृथ्वीजयन्ती मनाउने

५ बर्ष अघि

२0७५ पुष २५ बुधबार

दार्चुलामा पनि राप्रपाले  पृथ्वीजयन्ती मनाउने

सुलोचना महता, पुस २५ दार्चुला । दार्चुला जिल्लामा राप्रपा (प्रजातान्त्रिक) ले पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी नारायण शाहको जन्म जयन्ती विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ । बुधबार बसेको राप्रपा जिल्लाकार्य समितिको बैठकले पुस २७ गतेका दिन राष्ट्रिय एकता दिवस तथा पृथ्वी नारायण शाहको २ सय ९७ औँ जन्म जयन्ती मनाउने निर्णय गरेको हो ।  आगामी पुष २७ गते शुक्रबार महाकाली नगरपालिका वडा नम्बर ४ मा रहेका राप्रपा पार्टी कार्यालय दार्चुलामा विहान ११ बजे देखि बाजा सहित राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राप्रपाले विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । तत्कालीन राप्रपा नेपालले स्थापना कालदेखि नै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउदै आएको छ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी नारायण शाहको जन्म जयन्ती मनाउनका लागि गाउँपालिका तथा नगरपालिका लगायत सरोकारवालाहरुले कुनै बजेट छुटाएर मनाउने नगरेपनि राप्रपाले हरेक वर्ष मनाउने गरेको राप्रपाका जिल्ला अध्यक्ष विरसिँह बडालले बताउनु भयो ।