खाद्यान्न तथा गोदाम व्यवस्थापन सम्बन्धी तालिम शुरु

५ बर्ष अघि

२0७५ पुष २५ बुधबार

खाद्यान्न तथा गोदाम व्यवस्थापन सम्बन्धी तालिम शुरु

सुलोचना महता, पुस २५ दार्चुला । दार्चुला जिल्लामा कर्मचारीहरुलाई खाद्यान्न तथा गोदाम व्यवस्थापन सम्बन्धी दुई दिने तालिम शुरु भएको छ । शिक्षाका लागी खाद्य कार्यक्रम इकाई कार्यालय दार्चुलाको आयोजना तथा विश्व खाद्य कार्यक्रम सहयोगमा बुधबार खाद्यान्न तथा गोदाम व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन भएको हो । शिक्षाका लागी खाद्य कार्यक्रम इकाई कार्यालय दार्चुलाका प्रमुख योगेन्द्र बमको अध्यक्षता एवंम विश्व खाद्य कार्यक्रमका जिल्ला प्रतिनिधि विजय विश्वकर्माको प्रमुख आत्यिथ्यतामा खाद्यान्न तथा गोदाम व्यवस्थापन सम्बन्धी तालिम शुरु भएको थियो । बुधबार देखि विहीबार सम्म सञ्चालन हुने तालिम जिल्लामा रहेका गाउँपालिका तथा नगरपालिकाहरुमा स्थापना भएका फुड वितरण केन्द्रका आठ जना कर्मचारीहरुको सहभागीता रहेको शिक्षाका लागी खाद्य कार्यक्रम इकाई कार्यालय दार्चुलाले जनाएको छ ।