गाउँपालिकाका अध्यक्षले गरे जलस्रोत व्यवस्थापन परियोजनाको उद्घाटन 

५ बर्ष अघि

२0७५ पुष २५ बुधबार

गाउँपालिकाका अध्यक्षले गरे जलस्रोत व्यवस्थापन परियोजनाको उद्घाटन 

ललित सामन्त, पुस २५ दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले बुधबार जलस्रोत ब्यवस्थापन परियोजना अन्तरर्गत पर्ने मार्मा गाउँपालिकाको सहयोगमा आज कार्यालयको उद्घाटन गरिएको छ । 
मार्मा गाउँपालिका अन्तरर्गत पर्ने खानेपानी,सिचाईको कामहरुलाई तिव्रता दिने उद्देश्यले शाखाको स्थापना गरेको  मार्मा गाउँपालिकाले जनाएको छ । आज बुधबार भएको कार्यक्रममा मार्मा गाउँपालिकाका जलस्रोत व्यवस्थापन समितिका फिल्ड सुपरभाइजर रमेश अवस्थीको अध्यक्षता एवम् मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीको प्रमुख आर्थित्यतामा कार्यक्रम सम्पन भएको मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिह धामीले बताउनु भयो । कार्यक्रममा खानेपानी सिचाई व्यवस्थापनले कामलाई तिव्रता दिन जिल्ला सदरमुकाम क्षेत्रमा आउनको लागि धेरै समय लाग्ने भएकाले पनि गाउँघर बाट नै सेवा दिन सकेमा राम्रो हुने भएकाले  गाउँपालिका बाट यसको पनि सुरुवात गरेको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनु भएको छ ।