महोत्सव महोत्सवजस्तो हुनुपर्छ, प्रजिअ आर्चाय 

५ बर्ष अघि

२0७५ पुष २५ बुधबार

महोत्सव महोत्सवजस्तो हुनुपर्छ, प्रजिअ आर्चाय 

ललित सामन्त,पुस २४ दार्चुला । दार्चुला उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको दार्चुला महोत्सवको मुल आयोजक समितिमा बोल्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारीले यो महोत्सव महोत्सवजस्तो हुनु पर्ने बताएका छन् । मुल आयोजक समिति गठन कार्यक्रमका विशिष्ट आतिर्थि समेत रहेका प्रमुख जिल्ला अधिकारीले यस्तो बताएका हुन । यदि यो महोत्सवले समाजमा विकृति,विसंगती फैलाएमा त्यो महोत्सव नभएको बताएका छन् । यदि दार्चुला महोत्सवमा यस्ता खालका प्रवृति देखिएमा जिल्ला प्रशासन कडा रुपमा आउने पनि बताउनु भयो । राम्रो काम गरेमा जिल्ला प्रशासनको ढोका सधै खुल्लाहुने र नराम्रो काम गरेमा कानुन भन्दा ठुलो कोही पनि नहुने भएकाले यसमा सजक रहन पनि प्रमुख जिल्ला अधिकारी आर्चायले सुझाव समेत दिनु भएको छ । यस पटकको महोत्सवमा जिल्ला प्रशासनको तर्फबाट सहयोग गर्न आफु प्रतिबद्ध रहेको र दार्चुला महोत्सव सफल बनाउन सहयोगी हातहरुको आवश्यकता परेकाले सबैले आ आफनो क्षेत्रबाट सहयोग गर्न प्रमुख जिल्ला अधिकारीले निर्देशन समेत दिनु भएको छ । दार्चुला महोत्सव आउदाे माघ २५ गते देखि फागुन्न ५ गते सम्म चल्ने भएको छ । दार्चुला उद्योग वाणिज्य  संघले यसवर्ष भने ‘ अपि नाम्पा चौलानी, महाकालीको काख , कैलाश मालिकार्जुन, आगन दार्चुलाको शाख” भन्ने मुल नाराका साथ दार्चुला उद्योग वाणिज्य संघले तेस्रो पटक मेलाको आयोजना गर्ने भएको छ । मेला महोसत्वमा १सय ५१ स्टलहरु राख्ने र ३ करोड बराबरको कारोबारहुने अनुमान गरिएको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा स्थानीय स्तरका विभिन्न जटीबुटीहरु लगायत स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरु पनि राखिने बाणिज्य संघले जनाएको छ । यस्तै यस पालिको  मेलामा १ लाख ५० हजार दर्शकहरुले हेर्ने अनुमान गरीएको दार्चुला उद्योग बाणिज्य संघले जनाएको छ ।