महोत्सवमा ३ करोड भन्दा वढि कारोवार हुने लक्ष्य , १लाख भन्दा वढिले महोत्सव हेर्ने अनुमान

५ बर्ष अघि

२0७५ पुष २५ बुधबार

महोत्सवमा ३ करोड भन्दा वढि कारोवार हुने लक्ष्य , १लाख भन्दा वढिले महोत्सव हेर्ने अनुमान

दृष्टिीकोण समाचार पुस २४ दाचुृला ।  दार्चुला उद्योग वाणिज्य संघको आयोजनमा आगामी माघ २५ देखि फागुन ५ गते सम्म लाग्ने महोत्सवमा ३ करोड भन्दा बढि कारोवार हुने लक्ष्य रहेको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाको भनाई रहेको छ । १० दिनसम्म लाग्ने महोत्वसमा १५१ स्टल राखिने र उक्त स्टल लगायत दार्चुला बजारभरी गरि ३ करोड भन्दा बढि कारोबार हुने अध्यक्ष ठगुन्नाले बताउनुु भयो । त्यस्तै १ लाख ५० दर्शकले महोत्वसको अवलोकन गर्ने अनुमान गरिएको उहाँले बताउनुृ भयो ।  दार्चुलाको पर्यटन क्षेत्र भेषभुषा , संस्कृतीलाई देशभरी चिनाउन महोत्वस आयोजना गरिएकोले सम्पुर्ण पक्षबाट हुने सहयोग गर्न अनुरोध समेत गरेका छन् ।  त्यस्तै वैठकमा वोल्ने अधिकांस वक्ताले स्थानिय उत्पादन प्रदर्शनी र  दुहु, मार्मा र लेकमको भेषभुषा झल्कने विभिन्न प्रस्तुती गर्न सके दार्चुलाको वस्तुस्थीती झल्कने बताएका छन् । महोत्वसमा राष्ट्रिय कलाकार संगै स्थानिय स्तरमा रहेका कलाकारहरुलाई समेत मञ्चम समय दिनुपर्नेमा जोड दिनुभएको छ । यस्तै दार्चुला उद्योग वाणिज्य संघमा लगभग १ लाख ५०हजार व्यतिmहरुले हेर्ने अनुमान गरिएको छ ।