व्यासँ गाउँपालिका अध्यक्षद्धारा तिंकर सडक निर्माणमा अाएकाे विवाद सुझाउन अनुगमन

५ बर्ष अघि

२0७५ पुष २५ बुधबार

व्यासँ गाउँपालिका अध्यक्षद्धारा तिंकर सडक निर्माणमा अाएकाे विवाद सुझाउन अनुगमन


सुलाेचना महता २४, दार्चुला । राष्ट्रिय आयोजना तथा जिल्ला कै प्रमुख आयोजनाका रुपमा रहेको तिंकर सडकको अनुगमन व्यासँ गाउँपालिका अध्यक्ष दिलिप सिँह बुढाथोकी तथा व्यासँ गाउँपालिका वाड नम्बर ६ का वडा अध्यक्ष मनोज सिँह कुवँरले मंगलबार अनुगमन गरेका छन् । सडक निमार्ण भइरहेको वेलामा व्यासँ गाउँपालिका वडा नम्बर ६ पन्तोलीका स्थानीय करन सिँह धामीको घरको पखार्लमा क्षेती हुदाँ सोमबार देखि निमार्ण कार्य ठप्प रहेको थियाे । उक्त विवाद सुझाउन तथा  सडक निमार्ण के कस्ताे भर्इरहेकाे छ भनि  अनुगमन गरीएको व्यासँ गाउँपालिका अध्यक्ष दिलप सिँह बुढाथोकीले बताउनु भयो । 
गाउँपालिका अध्यक्ष बुढाथोकीले तिंकर सडकको स्थलगत अनुगमन गर्दै निमार्ण कार्य गर्दा   कामदारहरुलाई जनगुनासो नआउने गरी काम गर्न निर्देशन दिएका हुन् । सडक निमार्ण कार्यमा आएको विवादलाई घरधनी लगायत स्थानीयको सहभागितामा विवाद सुल्झाइएको व्यासँ गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनु भएको छ । पहिलेको भन्दा राम्रो सडक निमार्ण कार्य तिब्र गतिमा भईरहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनु भयो ।  गाउँपालिका अध्यक्ष दिलिप बुढाथोकी, व्यासँ गाउँपालिका वाड नम्बर ६ का वडा अध्यक्ष मनोज सिँह कुवँर, जनप्रतिनिधि लगायत स्थनीयले तिंकर सडकको स्थलगत अनुगमन गरेका छन् ।