अपिहिमाल गाउँपालिकाको प्रथम चाैमासिककाे सार्वजनिक सुनुवाई सम्पन्न

५ बर्ष अघि

२0७५ पुष २५ बुधबार

अपिहिमाल गाउँपालिकाको प्रथम चाैमासिककाे सार्वजनिक सुनुवाई सम्पन्न

दृष्टिकोण समाचार २४, दार्चुला । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकामा चालु आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चौमासिक अवधिमा वडा कार्यालयबाट भएको कार्यक्रम तथा सेवा सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रम अपिहिमाल गाउँपालिकाले आयोजनामा सहजीकरण सारथी मिडिया नेटवर्क दार्चुलाले गरेको  थियाे ।

चालु आवको प्रथम चौमासिकमा सम्म गाउँपालिकाले गरेकाे आम्दानी, पुँजीगत खर्च, विकास खर्च लगायत सेवा सुविधा लगायत अन्य कुरा जानकारी गराउँने उद्देश्यले सार्वजनिक सुनुवाई गरीएकाे अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताउनु भयाे । अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालकाे अध्यक्षतामा भएको कार्यक्रममा अपिहिमाल गाउँपालिका उपाध्यक्ष उर्मिला बाेहरा, सरोकारवाला, सञ्चारकर्मी लगायत अपिहिमाल गाउँपालिकाका स्थानीयहरुको सहभागिता थियो ।