लक्ष्मण लोथ्याल जेष्ठ नागरिक सम्मान कार्यक्रममा पाए २ सय ४४ जनाले जकेट

५ बर्ष अघि

२0७५ पुष २४ मंगलवार

लक्ष्मण लोथ्याल जेष्ठ नागरिक सम्मान कार्यक्रममा पाए २ सय ४४ जनाले जकेट


ललित सामन्त,पुस २४ दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिका वडा नम्बर २ घुसामा बस्ने लक्ष्मण सिह लोथ्यालको आज पाचौ लक्ष्मण लोथ्याल जेष्ठ नागरिक सम्मान कार्यक्रममा पाए २ सय ४४ जनाले जकेट पाएका छन्  । अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द्र मन्यालको अध्यक्षता एवम् लक्ष्मण सिह लोथ्यालका जिवन संगेनी मान्था लोथ्यालको प्रमुख आर्थित्यतामा लक्ष्मण लोथ्याल जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन भएको हो । आज भएको ५ औ जेष्ठ नागरीक सम्मान कार्यक्रममा अपिहिमाल गाउँपालिका भित्रका ६० वर्ष पुगेका जेष्ठ नागरिक हरुलाई करिब २ सय ४४ जनालाई  लक्ष्मण लोथ्याल जेष्ठ नागरीककी जिवन संगेनीको हात बाट जकेट वितरण गरीएको अपि हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द्र मन्यालले बताउनु भयो । यस्तै लक्ष्मण सिह लोथ्यालको ५ औ वर्षको सम्झनामा   २ सय ४४ जनालाई जकेट वितरण गरिएको गाउँपालिकाले जनाएको छ । विगत लामो समय देखि पञ्चायत कालमा लागेका लक्ष्मण सिह लोथ्यालको बुढेसकालमा मुत्यु भएको थियो । लक्ष्मण सिह लोथ्याल नेपालमा राजा ज्ञानन्द्रको बेला पनि दार्चुला जिल्लाका सदस्य रहेका थिए । भने त्यति बेला अञ्चल सभापति पनि बनेका थिए । लक्ष्मण लोथ्यालका १ जना छोरा र ७ वटा छोरी रहेको उनको परिवारले बताएका छन् ।