महोत्सवमा स्थानीय कलाकारहरुलाई प्राथमिकतामा राख्न पत्रकार महासंघ अध्यक्ष 

५ बर्ष अघि

२0७५ पुष २४ मंगलवार

 महोत्सवमा स्थानीय कलाकारहरुलाई प्राथमिकतामा राख्न पत्रकार  महासंघ अध्यक्ष 

ललित सामन्त,पुस २४ दार्चुला । अगामी माघ २५ गते देखि फागुन्न ५ गते सम्म सञ्चालन हुने दार्चुला महोत्सवमा स्थानीय कलाकारहरुलाई बढि प्राथमिकतामा राख्न पत्रकार महासंघ जिल्ला अध्यक्ष शंकर सिह धामीले सुझाव दिनु भएको छ । आज मंगलबार मुल आयोजक समितिको गठनमा स्वागत मन्तव्य राख्दै पत्रकार महासंघ जिल्ला अध्यक्ष धामीले यस्तो बताएका हुन । दार्चुला जिल्लामानै प्रतिभावान व्यतिmहरु भएकाले उनलाई ठाउँ दिएमा दार्चुला जिल्लाको कला क्षेत्रको विकास हुने भन्दै स्थानीय कला सँस्कृतिको पनि उजागर हुने भएकाले यसपालिको दार्चुला महोत्सवमा स्थानीय कलाकारहरुलाई वढि प्राथमिकतामा राख्न पत्रकार महासंघ जिल्ला अध्यक्ष शंकर सिह धामीले बताएका छन् ।

यस्तै दार्चुला जिल्लामा उत्पादन हुने जटिबुढीहरुलाई पनि महोत्सवमा प्राथमिकतामा राख्न सुझाव दिनु भएको छ ।   दार्चुला उद्योग वाणिज्य  संघले यसवर्ष भने ‘ अपि नाम्पा चौलानी, महाकालीको काख , कैलाश मालिकार्जुन, आगन दार्चुलाको शाख” भन्ने मुल नाराका साथ दार्चुला उद्योग वाणिज्य संघले तेस्रो पटक मेलाको आयोजना गर्ने भएको छ । मेला महोसत्वमा १सय ५१ स्टलहरु राख्ने र ३ करोड बराबरको कारोबारहुने अनुमान गरिएको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा स्थानीय स्तरका विभिन्न जटीबुटीहरु लगायत स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरु पनि राखिने बाणिज्य संघले जनाएको छ । यस्तै यस पालिको  मेलामा १ लाख ५० हजार दर्शकहरुले हेर्ने अनुमान गरीएको दार्चुला उद्योग बाणिज्य संघले जनाएको छ ।