अपिहिमाल गाउँपालिकामा प्रहरी साँझेदारी कार्यक्रम सम्पन्न 

५ बर्ष अघि

२0७५ पुष २४ मंगलवार

अपिहिमाल गाउँपालिकामा प्रहरी साँझेदारी कार्यक्रम सम्पन्न 


सुलोचना महता, पुस २४ दार्चुला । दार्चुला जिल्लाको अपिहिमाल गाँउपालिकामा शान्ति सुरक्षाका लागि नयाँ कानुनको विकास र विस्तार हुन आवश्यक रहेको बेलामा समुदाय—प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । मंगलबार अपिहिमाल गाँउपालिकामा समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पर्ने प्रहरी साँझेदारी समिति गठन भएको छ । 
अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी  कार्यालय लटिनाथबाट प्रहरी निरक्षक सुरेश विक, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको उपस्थितमा गाउँपालिकामा पालिकास्तरीय समिति गठन भएको छ ।