भाडा बढाएको भन्दैँ नौगाडका स्थानीयले बुझाए ज्ञापन पत्र

५ बर्ष अघि

२0७५ पुष २४ मंगलवार

भाडा बढाएको भन्दैँ नौगाडका स्थानीयले बुझाए ज्ञापन पत्र

 

सुलोचना महता, पुस २४ दार्चुला । दार्चुला जिल्लामा यातायातमा भईरहेको भाडा वृद्धि कम गर्न माग राख्दै नौगाड गाउँपालिकाका स्थानीयहरुले आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापन पत्र बुझाएका छन् । भाडा वृद्धिले गर्दा सर्वसाधारण जनता मार्कामा पर्ने गएको भन्दैँ सदरमुकाम बङ्गाबगड देखि दल्लेख, सुन्डुमुन्डु, धुलिगाडा, होपरीगाड, मार्मा क्षेत्र लगायत जिल्लाका अन्य क्षेत्रका सडकमा चल्ने जीपहरुको भाडा सरकारी दर अनुसार हुनु पर्ने साथै क्षमता भन्दा बढी यात्रु बोक्ने गाडी माथि आवश्यक काबाहीको माग राख्दैँ ज्ञापन पत्र बुझाएका हुन् ।