दार्चुला महोत्सवका लागि मुल आयोजक समिति गठन

५ बर्ष अघि

२0७५ पुष २४ मंगलवार

दार्चुला महोत्सवका लागि मुल आयोजक समिति गठन

ललित सामन्त, पुस २४ दार्चुला । दार्चुला महोत्सवका लागि मुल आयोजक समिति गठन गरिएको छ । आउदो माघ २५ गते देखि फागुन्न ५ गते सम्म हुन लागेको दार्चुला महोत्सवका लागि मंगलबार मुल आयोजक समिति गठन गरिएको हो । 
दार्चुला उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगल सिह ठगुन्नाको अध्यक्षता एवम् जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको प्रमुख आर्थित्यता तथा दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायको विशिष्ट आर्थित्यतामा कार्यक्रम सम्पन भएको हो । दार्चुला उद्योग बाणिज्य संघले  १ सय ५ सदस्य रहने गरी मुल आयोजक समिति गठन गरेको  छ  । दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंगल सिह ठगुन्ना संयोजक रहने र केन्दीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखहरु सल्लाहकारमा रहने र स्थानीय तहका जन प्रतिनिधिहरु सदस्य रहने भएका छन् । यस्तै दार्चुला उद्योग बाणिज्य संघका कर्मचारी दार्चुला जिल्लास्थित विभिन्न कार्यालयका एक एक जना जनप्रतिनिधिहरु सदस्य रहने गरी मुल आयोजक समिति गठन गरीएको छ ।
 दार्चुला उद्योग वाणिज्य  संघले यसवर्ष भने ‘ अपि नाम्पा चौलानी, महाकालीको काख , कैलाश मालिकार्जुन, आगन दार्चुलाको शाख” भन्ने मुल नाराका साथ दार्चुला उद्योग वाणिज्य संघले तेस्रो पटक मेलाको आयोजना गर्ने भएको छ । मेला महोसत्वमा १सय ५१ स्टलहरु राख्ने र ३ करोड बराबरको कारोबारहुने अनुमान गरिएको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा स्थानीय स्तरका विभिन्न जटीबुटीहरु लगायत स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरु पनि राखिने बाणिज्य संघले जनाएको छ । यस्तै यस पालिको  मेलामा १ लाख ५० हजार दर्शकहरुले हेर्ने अनुमान गरीएको दार्चुला उद्योग बाणिज्य संघले जनाएको छ ।