पर्यटन क्षेत्रको लागि १ करोड १० लाख रुपैँया विनियोजन गदै नगरपालिका

५ बर्ष अघि

२0७५ पुष २४ मंगलवार

पर्यटन क्षेत्रको लागि १ करोड १० लाख रुपैँया विनियोजन गदै नगरपालिका

सर्मिला धामी,पुस २४ दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले चालु आर्थिक वर्षमा पर्यटयन प्रवद्धनमा महाकाली नगरपालिकाले १ करोड १० लाख रुपैँया बजेट विनियोजन गरेको छ । पर्यटनको विकासका लागि महाकाली नगरपालिकाले उतm रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ । दार्चुलाको महाकाली नगरपालिका पर्यटकीय दृष्टिीकोणले एकदमै रमणीय ठाउँ भएको हुदा सो ठाउँमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सहज रुपमा सेवा दिने उद्देश्यले १ करोड १० लाख रुपैँया नगरपालिकाले विनियोजन गरेको नगरपालिकाका नायब सब्बा विरेन्द्र सिह धामीले बताउनु भयो । दार्चुलाको महाकाली नगरपालिकाले पर्यटनहरुको आकर्षणका लागि महाकाली नगरपालिका वार्ड नम्बर १ मा पर्ने छापरीमा चालु आर्थिक वर्षमा ४५ लाख रुपैँया खर्च गरेर भ्यु टावरको निर्माण गर्न लागेको नगर प्रमुख हंस राज भट्टले बताउनु भएको छ । पर्यटन क्षेत्रको विकास र महाकाली नगरपालिकाको आर्थिक विकासका लागि र धार्मिक, साँस्कृतिक क्षेत्रका लागि नगरपालिकाले डुङरी मन्दिरमा पिक्निक स्पोटका लागि ४५ लाख रुपैँया विनियोजन गरेको नगरपालिकाका नायब सुब्बा धामीले जानकारी दिनु भएको छ । भने महाकाली नगरपालिकाले साँस्कृतिक धार्मिक क्षेत्रका लागि १० लाख र पर्यटन विकासका लागि १० लाख रुपैँया विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।