तिन महिने सिलाई कटाई तालिम शुरु

५ बर्ष अघि

२0७५ पुष २३ सोमबार

तिन महिने सिलाई कटाई तालिम शुरु

सुलोचना महता, पुस २३ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडीमा सोमबार देखि तिन महिने सिलाई कटाई तालिम शुरु भएको छ । किम्तडीमा घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाले उक्त सिलाई कटाई तालिम सञ्चालन गरेको हो । महिला उद्यमी सिर्जना गरी उनीहरुलाई स्वरोजगारी बनाउने उद्देश्यले तिन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका प्रमुख पदमराज ठकुराठीले बताउनु भएको छ । सिलाई कटाई तालिममा दलित, अपाङग, एकल महिला, विपन्न महीला लगायत समुदायका महिलाहरुलाई सहभागीता गराईएको घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका प्रमुख ठकुराठीले बताउनु भयो । जनजागरण आमा समुह किम्तडीका अध्यक्ष संगिता जोशीको अध्यक्षता एवंम् जनप्रिय निमावि किम्तडीका शिक्षक कमान ठगुन्नाकोे प्रमुख आतिथ्यतामा उक्त सिलाई कटाई तालिमको शुभारम्भ भएको छ । सलाई कटाई तालिममा १५ जना महिलाहरु सहभागी भएका छन् ।