१५ वटा विद्यालय भुकम्प प्रतिरोधात्मक बनाउदै नौगाड गाउँपालिका

५ बर्ष अघि

२0७५ पुष २३ सोमबार

१५ वटा विद्यालय भुकम्प प्रतिरोधात्मक बनाउदै नौगाड गाउँपालिका

ललित सामन्त,पुस २३ दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले चालु आर्थिक वर्षमा नौगाड गाउँपालिका भित्रका करिब १५ वटा विद्यालयहरुलाई भुकम्प प्रतिरोधात्मक बनाउने भएको छ । नौगाड गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका भित्रका १५ वटा विद्यालयहरु चलु आर्थिक वर्षमा बनाउन लागेको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले बताउनु भएको छ ।

दार्चुलाको नौगाड गाउँपालिकाले चालु आर्थिक वर्षमा मावि सिप्टीमा चालु आर्थिक वर्षमा ४६ लाख ,पानी धारा विद्यालय दल्लेख २५ लाख, जात्रामा २० लाख, गणेश  आधारभुत विद्यालय डाडा जामिर १२ लाख, मालिकार्जुन आधारभुत विद्यालयमा रैचुमा २१ लाख ,सल्लेधार आधारभुत विद्यालयमा चालु आर्थिक वर्षमा १२ लाख ५० हजार भैरव राज आभारभुत विद्यालयमा १४ लाख ५० हजार ,आधारभुत विद्यालय साङपाङमा १५ लाख ,भुमिराज आधारभुत विद्यालयमा खालीडाडामा यो आर्थिक वर्षमा १४ लाख आधारभुत विद्यालय दल्लेख पानीधारा २५ लाख आधारभुत विद्यालय डाडामा १४ लाख ५० हजार ताराकोट आधारभुत विद्यालय जामिर १२ लाख ,प्रावि कसाडमा गत आर्थिक वर्षको ६ लाख रुपैँया र चालु आर्थिक वर्षमा ३ लाख रुपैँया गरि जम्मा ९ लाखमा विललय निर्माण भइरहेको छ ।

यस्तै आधारभुत विद्यालय चोकटेमा गत आर्थिक वर्षमा १५ लाख  आधारभुत विद्यालय लेकमा १४ लाख आधारभुत विद्यालय होपरीमा १४ लाख ५० हजार .यस्तै आधारभुत विद्यालय घार एक कोठे भवनका लागि ६ लाख रुपैया विनियोजन गरेको नौगाड गाउँपालिकाका अध्यक्ष प्र्रेम सिह धामीले जानकारी दिनु भएको हो । यस्तै प्रदेश सरकार अन्तरर्गत मावि सुन्डमुन्डा र प्रावि होपरीगाड भने प्रदेश सरकारले रकम छुटाएको अध्यक्ष धामीले बताउनु भयो ।