लगातार दुई दिन देखि मौसममा परिवर्तन पानी पर्ने सम्भावना

५ बर्ष अघि

२0७५ पुष २२ आईतवार

लगातार दुई दिन देखि मौसममा परिवर्तन पानी पर्ने सम्भावना

ललित सामन्त, पुस २२ दार्चुला ।शनिबार  देखि मौसम बदली भई  दार्चुलाका उच्च भु भागहरुमा पानी पर्नुका साथै उच्च भू—भागहरुमा हिमपात भएको छ । बर्षासँगै उच्च क्षेत्रमा हिमपात भएपछि चिसो बढेको छ । दार्चुला जिल्लाको व्याँस, दुहुँ, नौगाड, मार्मा, अपिहीमाल र मालिकार्जुन गाउँपालिकाको उच्च भागहरुमा हिमपात भएको छ ।

 यसबर्ष हिउँदे बर्षा  पनि निरन्तर भइरहेको छ । असोज, कार्तिक र मंसिर तीनै महिनामा यसपाली बर्षा पनि भएको छ ।  आइतबार बेलुकी ५ः ३० बजेतिरको दार्चुलाको न्युनतम तापक्रम ९ दशमलब ८ डिग्री सेल्सीयस मापन गरिएको मौसम मापन केन्द्र दार्चुलाका जनक राज अवस्थीले जानकारी दिनुभयो । 
चिसो बढेसँगै विरामीको संख्यामा बृद्धि भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । चिसोका कारण बुढापाखा र बालबालिकाहरु बढी प्रभावित भएका छन् ।  शनिबार बिहान देखि सुरु भएको बर्षा र हिमपात आइतबार बेलुकी सम्म पनि मौसममा केही सुधार आएको छैन ।  पानी र हिमपात हुने सम्भावना रहेको मौसम मापन केन्द्र दार्चुलाका जनक राज अवस्थीले जानकारी दिनु भएको छ ।