दार्चुलामा जिवन र मृत्युसँग लडिरहेका बालककाे कथा

५ बर्ष अघि

२0७५ पुष २२ आईतवार

दार्चुलामा जिवन र मृत्युसँग लडिरहेका बालककाे कथा

दृष्टिकोण समाचार पुस २२, दार्चुला । जिवनको ५ औँ बसन्त पार गर्न लागेका आदि दमार्इ जीवन र मृत्युको मुखमा पुगेका छन् । दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरको बस्कोट घर भएको आदि दमार्इ जन्मेर पनि पटकपटक मृत्युको मुखमा पुगेर बाँचि रहेका छन् । सुन्दा मान्छेलार्इ विश्वास नै नलाग्ला आदि एक साल देखि पेट बाहिर निस्केको आन्द्राबाट दिसापिसाप गरीरहेका आदिकी आमा कलावतीले बताइन् । आर्थिक अवस्था कमजोर हुदाँ आदिको उपचार गर्न नसकिएको आदिको हजुरआमा कलावती दमार्इले बताउछीन । आदिको आमा पुनम दमार्इ घरबाट भागेर एक वर्ष देखि घर फर्केका छैनन् । भने आदिको बुवा महेश दमार्इ पालग हुनुहन्छ । हाल आदिको घरको ठुल्ला बुवा, हजुर आमा र आदि गरी ३ जना मात्रै रहेका छन् । उनीहरुको सम्पतिको नाउँमा एउटा सानो घर बाहेक केही पनि छैन् । घरमा खानलाउन नभएपछि चारपाचँ साल देखि सदरमुकाम नजिकै रहेको छिमेकी मुलुक भारतको धारर्चुलामा कोठा भाडामा लिर्इ बसेका छन् । उनीहरु मजदुरी गरी दुर्इ छाक टार्न ग्राहो भएकोमा आफ्नो नाति आदिको उपचार गर्न नसकेको कलावती दमार्इ बताउँछिन् । अहिले सम्म आदिको आन्द्राको उपचार गर्नका लागि ८० हजार भारतिय रुपैँया खर्च भएपनि केही पनि हुन नसकेको कलावतीले गुनासो गरेकिछिन् । जिल्ला अस्पताल दार्चुलाले आन्द्रामा खराबी भएको तथा आन्द्रा बदल्नु पर्ने डाक्टरहरुले बताए तापनि आफुसँग पैसा नभएकाले उपचार गर्न नसकिएको आदिका हजुर आमा कलावति बताउँछिन् । घरघरमा सिहँदबार आएतापनि कलावती दमार्इले भने सिहँदबार आएको अनुभुति गर्न सकेकी छैनन् । कलावतिले अहिले नातिकाे उपचारका लागि सहयाेगी हातहरु खाेजि रहेकी छिन् । तपाईको सहयोगी हातहरुले आदिले पनि समयमै उपचार पाएर नयाँ जीन्दगी पाउँने विश्वास हामीले गरेका छाैँ ।