शंकरपुरबाट जोशी मालिकार्जुनमा सरुवा 

५ बर्ष अघि

२0७५ पुष २२ आईतवार

शंकरपुरबाट जोशी मालिकार्जुनमा सरुवा 

ललित सामन्त,पुस २२ दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वाड नम्बर ८मा पर्ने शंकरपुर मावि पस्तीले आईतबार शिक्षक मेघ राज जोशीको एक कार्यक्रम गरि विद्यालयले विदाई गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसन सिह धामीको अध्यक्षतामा विद्यालयले शिक्षक जोशीको विदाई गरेको विद्यालयका प्रधानाध्यापक धनन्जय पन्तले बताउनु भयो । कार्यक्रममा बोल्दै विद्याल व्यवस्थापन समितिका अध्यक्ष किसन सिह धामीले शिक्षा क्षेत्रमा ठुलो योगदान गर्नु भएको बताएका छन् ।  विगत लामो समय देखि मालिकार्जुन गाउँपालिकामा पर्ने शंकरपुर मावि पस्तीमा पढाउदै आउनु भएका जोशीको ७ वर्ष पछि शंकरपुर माविले एक कार्यक्रमगरी विदाई गरेको हो । विदाई भएर उनी महाकाली नगरपालिकाको वाड नम्बर ७ मा पर्ने मालिकार्जुन नमुना माध्यमिक विद्यालय धापमा सरुवा हुनु भएका छन् । कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थीहरुले अविर फुलको माला र सफल कार्यकालको शुभकामना दिदै विदाई गरेको विद्यालयले जनाएको छ ।