दार्चुलामा ४ रेक्टर स्केलको भुकम्प

५ बर्ष अघि

२0७५ पुष २२ आईतवार

दार्चुलामा ४ रेक्टर स्केलको भुकम्प

 ललित सामन्त,पुस २१दार्चुला। दार्चुलामा गए राती ४ रेक्टर स्केलको भुकम्प गएको छ ।  शनिबार राति १० बजेर १ मिनेटमा भुकम्पको धक्का महशुस भएको छ। दार्चृुला जिल्ला सदरमुकाम भन्दा २९ किलोमिटर टाढा भारतको उत्तराखण्ड केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी दिपक बस्नेतले जानकारी दिनु भयाे । राती गएको भुकम्प भन्दा पनि कार्तिक २५ गते दिउसो १२ बजे गएकाे भुकम्प ठुलाे थियाे । कार्तिक २५ गतेका दिन ५ दशमलब १ रेक्टर स्केलको भुक्मप गएको थियो । 
भुकम्पबाट भौतिक तथा मानविय कुनै पनि क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दार्चुला जिल्ला भुकम्पीय दृष्टिकोणले उच्च जोखिम रहेकाले जतिबेला पनि भुकम्प आउन सक्ने भएकाले सर्तकता अपनाउन भुकम्प विदहरुले बतएका छन्