नेविसंघ दार्चुलाले गरे आफनो कार्य योजना सार्वजनिक

५ बर्ष अघि

२0७५ पुष २0 शुक्रबार

नेविसंघ दार्चुलाले गरे आफनो कार्य योजना सार्वजनिक

ललित सामन्त,पुस २० दार्चुला , नव निर्वाचित नेपाल बिद्यार्थी संघ दार्चुलाले शुक्रबार आफनो कार्य योजना सार्वजनिक गरेका छन् ।

नेपाली कांगे्रसको भातृ संङगठन  नेपाल विद्यार्थी संघ दार्चुलाका नव निर्वाचित पदाधिकारीहरुले आफनो कार्य योजना पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेकाे हाे । नेपाल विद्यार्थी संघ दार्चुलाका नव निर्वाचित अध्यक्ष रमेश भट्टको अध्यक्षता एवम् नेपाली कांग्रेसका जिल्ला सभापति ललित सिह बोहराको प्रमुख आर्थित्यतामा पत्रकार सम्मेलन समापन गरिएको छ । कार्यक्रममा आफनो भावी योजनाका बारेमा नव निर्वाचित अध्यक्ष रमेश भट्टले दार्चुलाका प्रत्येक विद्यालयमा ६ ÷ ६ महिनामा उपलब्धी मुलक कार्यक्रमहरु लौजाने त्यस्ता कार्यक्रमहरुमा बादबिवाद प्रतियोगिता,हाजिरीजवाफ कार्यक्रमहरु लगायत प्रत्येक वर्ष सदस्यता वितरण गर्ने विद्यालय ,विद्यालयमाजाउँ  नेविसंघको सदस्यता प्राप्त गरौ भन्ने नारा साथ जाने पनि नव निर्वाचित भट्टले  बताउनु भयो । यस्तै उहाँले शिक्षक नियुक्तीमा हुने राजनितीक हस्तक्षेप प्रति पनि आफनो विद्यार्थी संघ अवाज उठाउने बताउनु भयो । 

 यस्तै पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी ललित सिह बोहराले नव निर्वातिच पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुका साथै अबका दिनमा दार्चुलाका ६१ वडाहरुमा पुगेर महंगी,कालोबजारी जस्ता समस्यालाई समेत अवाज उठाउन निर्देशन िदएका छन ।