कर्मचारीहरुको व्यवस्थापनको माग गदैँ प्रधानमन्त्रीलाई ज्ञापन पत्र

५ बर्ष अघि

२0७५ पुष २0 शुक्रबार

कर्मचारीहरुको व्यवस्थापनको माग गदैँ प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सुलाेचना महता, पुस २० दार्चुला । दार्चुला जिल्लामा कृषि तथा पशु सेवा प्राविधिक कर्मचारीहरुको व्यवस्थापनको मागहरु राख्दैँ नेपाल कृषि तथा भेटेरीनरी प्राविधिक हकहित संरक्षण समितिका जिल्ला कार्य समिति दार्चुलाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।

शुत्रबार नेपाल कृषि तथा भेटेरीनरी प्राविधिक हकहित संरक्षण समिति जिल्ला कार्य समिति दार्चुलाका अध्यक्ष शेर सिँह धामीको अगुवाईमा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । एक गाउँ, एक कृषि तथा पशु सेवा प्राविधिक संचालन निर्देशिका २०७३ लागु भएपछि देशमा कृषि तथा पशु क्षेत्रमा उल्लेखनीय सुधार भई कुल ग्राहस्थ उत्पादनमा वृद्धि भईरहेको छ । तर नेपाल सरकारले “कर्मचारी समायोजन अध्यादेश २०७५” मार्फत कर्मचारी समायोजन गर्ने प्रक्रियामा रहने “एक गाउँ, एक कृषि तथा पशु सेवा प्राविधिक”को विषयमा कुनै कुरा उल्लेख नभएको हुदाँ अन्यौलता देखिएको भन्दैँ ज्ञापन पत्र बुझाएको नेपाल कृषि तथा भेटेरीनरी प्राविधिक हकहित संरक्षण समितिका जिल्ला कार्य समिति दार्चुलाले जनाएको छ ।

नेपाल कृषि तथा भेटेरीनरी प्राविधिक हकहित संरक्षण समितिका जिल्ला कार्य समिति दार्चुलाले करारमा हाल स्थानीय तहमा खटिएका एक गाउँ, एक कृषि तथा पशु सेवा प्राविधिकहरुलाई सोही ठाउँमा स्थायी दरबन्दीमा राख्नु पर्ने र अहिले सम्म प्राविधिक विषयमा अध्ययन पुरा गरेका टि.एस.एल.सि कृषि तथा भेटनरी लगायत प्राविधिक पद कायम गरी खुल्ला विज्ञापन मार्फत कर्मचारीको पदपुर्ति गर्नुपर्ने माग विज्ञप्तीमा उल्लेख छ ।

हेर्नुहाेस ज्ञापन पत्र