नौगाड गाउँपालिकामा जिएसएम टावरबाट सेवा शुरु

५ बर्ष अघि

२0७५ पुष १९ बिहीबार

नौगाड गाउँपालिकामा जिएसएम टावरबाट सेवा शुरु

सुलोचना महता, पुस १९ दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका वाड नम्बर २ दल्लेखमा आज देखि जिएसएम (नमस्ते)को टावरबाट सेवा सुचारु भएको छ ।

जिएसएम टावर निमार्ण नहुदाँ नौगाड गाउँपालिका कार्यालय होपरी गाड, नौगाड गाउँपालिका १ र ५ वडा पुरै क्षेत्र सञ्चार विहिन बन्नुका साथै नौगाड गाउँपालिका २ र ३ वडा नम्बर आधा क्षेत्र सञ्चार विहिन बनेको थियो । लामो समय पछि दल्लेखमा टावर निमार्ण भएपछि पुरै नौगाड गाउँपालिका सहित छिमेकी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाको केही भागमा समेत जिएसएम(नमस्ते)को सिमकार्ड हालेका मोबाइलहरुबाट सम्पर्क गर्न सकिने भएको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिहँ धामीले बताउनु भयो ।

नमस्ते मोबाइलको टावर नहुदाँ कर्मचारी तथा स्थानीय लगायत सबैलाई निकै समस्या भएकोमा हाल टावर निमार्ण भएपछि फोन गर्न लगायत इटरनेट संग जोडिन  समेत सहज भएको नौगाड गाउँपालिका अध्यक्ष पे्रम सिँह धामीले बताउनु भयो । नेपाल टेलिकमका प्राविधिक अनुसार हाल दल्लेखमा निमार्ण भएको जिएसएम(नमस्ते) टावरले उक्त ठाउँमा स्काई रेन्जमा ४ देखि ६ किलोमिटर सम्म काम गर्न सक्ने छ  ।

नेपाल टेलिकमको लगानीमा दार्चुला जिल्लाबाट निर्वाचित सांसद गणेश सिँह ठगुन्नाको विशेष पहल तथा नौगाड गाउँपालिकाको अनुरोधमा दल्लेखमा जिएसएम(नमस्ते)को टावर निमार्ण भएको नौगाड गाउँपालिका अध्यक्ष  धामीले जानकारी दिनु भयो । जिएसएम(नमस्ते)टावरबाट सेवा सुचारु भए पछि स्थानीयहरु खुसी भएका छन् । नौगाड गाउँपालिका वाड नम्बर ३ बस्ने गणेश आधारभुत विद्यालयका शिक्षक हरक सिँह ठगुन्नाका अनुसार वर्षाे देखि सञ्चार क्षेत्रको पहुँचबाट टाढा रहेको बस्तीमा ढिलै भए पनि सञ्चार क्षेत्रले जोडेपछि स्थानीय खुशी भएका छन् । 

त्यस्तै नौगाड गाउँपालिका वडा नम्बर ५ का स्थानीय अङकबिर सिँह धामीले स्काईको टावरले राम्रो संग काम नगर्ने भएपनि हाल नमस्तेले पनि टावरबाट सेवा दिन थाले पछि आफु खुसी भएको बताउनु भयो । वि.सं. २०६७ सालमा मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका लागि नौगाड गाउँपालिका वाड नम्बर ४ को विनायक धारमा बनेको स्काईको टावरले घाम लागे काम गर्ने दिन काम गर्नुको साथै राति काम नगर्ने नौगाड गाउँपालिका अध्यक्ष धामीले बताएँ । दल्लेखमा निमार्ण भएको जिएसएम(नमस्ते) टावरबाट लगभग हजारौँ स्थानीय लाभान्वित हुन छन् ।