ललित सामन्त,पुस १९ दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वार्ड नम्बर ४ मा रहेको डिभिजन बन कार्यालय दार्चुलाको परिसर भित्र बिहीबार सरसफार्इ गरेकाे छ ।
महाकाली नगरपालिका भित्रका ६ वटा वडाहरुका जम्मा १० वटा सामुदायिक बनहरुको कार्यरत १२ जना पुरुष र ८ जना महिला गरी जम्मा २० जनाले डिभिजन वन कार्यालयको अगाडी विरेन्द्र बन नजिक करिब १० हेक्टर क्षेत्रफलमा सरसफाई गरिएको हो । फोहोरलाई श्रोतमानै वर्गिकरण गरी व्यवस्थापन गरौ जथाभावी फोहोर नफालौ फोहोरलाई मलकाे रुपमा रुपान्तरण गरौ भन्ने मुल नाराका साथ डिभिजन बन कार्यालयले विहिबार फोहोर व्यवस्थापन गर्ने उद्देश्यले पिरसर भित्र सरसफार्इ गरेकाे साहयक वन अधिकृत अमर सिह धामीले बताउनु भयो । डिभिजन वन कार्यालयको वाषर्र््िाक स्कृति अनुसार डिभिजन वन कार्यालय र वातावरण कार्यालय अहिले एउटै भएकाल पनि वातावरण अन्र्तरगतको काम पनि अहिले वन कार्यालयले हेर्ने भएकाले समेत आफुहरुले सरसफाइमा लागेको डिभिजनल बन अधिकृत हरि प्रसाद पाण्डेले जानकारी दिएका हुन ।