तिङकर सडक निर्माणमा ढिलार्इ भयाे भन्दै ज्ञापन पत्र

५ बर्ष अघि

२0७५ पुष १८ बुधबार

तिङकर सडक निर्माणमा ढिलार्इ भयाे भन्दै ज्ञापन पत्र

सुलाेचना महता, पुष १८ दार्चुला । राष्ट्रिय आयोजना तथा जिल्ला कै प्रमुख आयोजनाका रुपमा रहेको तिंकर सडक आयोजनालाई बुधबार स्थानीयले ज्ञापन पत्र बुझाएका छन् । निमार्णधीन तिंकर सडक आयोजनाको निमार्ण कार्य तिब्र गर्नु पर्ने माग राख्दैँ दुहँु गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयहरुले तिंकर सडक आयोजनाका निमित्त प्रमुख दिनेश रैखोलालाई ज्ञापन पत्र बुझाएका हुन् । तिंकर सडक निमार्ण शुरु भएको १० वर्ष सम्म पनि तिंकर सडक आयोजनाको हाल सम्म न्युन प्रगति, ठेक्का भई सकेको पुलहरुको निमार्ण, सडक निमार्ण कार्यले जोखिममा परेका घर जग्गा संरक्षण गर्न जाली तथा पर्खालको व्यवस्था गर्नु पर्ने माग राख्दैँ ज्ञापन पत्र बुझाएकाे दुहुँ गाँउपालिकाका उपाध्यक्ष र्इश्वरी जाेशीले जानकारी िदनु भयाे । सदरमुकाम खलंगा देखि व्यासँ गाउँपालिका तिंकर सम्म रहेको १ सय ३५ किलोमिटरमा  वि.संंं. २०६५÷०६६ देखि हाल सम्म ४० किलोमिटर जति मात्रै ट्रयाक खुलेको तिंकर सडक आयोजनाका सुचना अधिकारी तथा इनिजिनियर दिनेश रैखोलाले जानकारी दिनु भयो ।

हेर्नुहाेस ज्ञापन पत्र