जनप्रतिनिधिहरुले सोचेर काम नगरे हतगडी लाग्न सक्छ

५ बर्ष अघि

२0७५ पुष १८ बुधबार

जनप्रतिनिधिहरुले सोचेर काम नगरे हतगडी लाग्न सक्छ

दृष्टिकोण समाचार पुष १८ दार्चुला

हरेक स्थानिय तह हरुमा निर्वाचित जनप्रतिनिधिहरुले सोच विचार नगरि काम नगरेमा जतिबेला पनि हतगडि लाग्न सक्ने कार्यक्रमका सहभागिहरुको भनाई रहेको थियो ।

बुधबार जिल्ला समन्वय समिति दार्चुलामा आयोजना गरिएको भष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानिय तहको भुमिकाका बारेमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले  उक्त कुरामा जोड दिएका हुन । कार्यक्रममा बोल्दै  महाकाली नगरपालिका प्रमुख हंषराज भट्टले स्थानिय तहका वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको सानो गल्तीले जुनसुकै बेला पनि हतगडि लाग्न सक्ने भएकाले सोचविचार गरि काम गर्न सबै वडा अध्यक्षहरुलाई आग्रह गरेका छन । त्यसैगरि कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रय कार्यालय टंगालका सह सचिव कालि प्रसाद पराजुलिले भष्टाचार भनेको विकास र परिवर्तनको बाधक भएकाले हरेक जनप्रतिनिधीले आफ्नो जिम्मेबारी बहन गरि सबै नागरिकको सेवा प्रभावमा चुस्त दुरुस्त कामगर्न निर्देशन दिएका हुन ।

कार्यक्रममा विभिन्न गाँउपालिका तथा नगरपालिकाका वडा अध्यक्षहरुले हरेक क्षेत्रमा वडा अध्यक्षले काम गर्नु पर्ने तर आर्थिक कारोबारका लागि नगर तथा गाँउपालिका धाउनु पर्ने प्रबृति नहटुनजेल सम्म स्थानिय तहहरुको समस्या सामाधान नहुने शैल्यशिखर नगरपालिका वडा नं.५ का अध्यक्ष मदन सिह रावलले बताउनु भयो । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय महेन्द्र नगरको आयोजनामा सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा दार्चुला जिल्लामा रहेका ९वटै स्थानिय तहका वडा अध्यक्ष कार्यपालिकाका पदाधिकारी लगायत दार्चुला जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।