नेवि संघ दार्चुलाको अध्यक्षमा रमेश भट्ट चयन 

५ बर्ष अघि

२0७५ पुष १७ मंगलवार

नेवि संघ दार्चुलाको अध्यक्षमा रमेश भट्ट चयन 

ललित सामन्त,पुस१७ दार्चुला ।

नेपाल बिद्यार्थी संघ दार्चुलाको नबौ जिल्ला अधिवेसनबाट रमेश भट्ट अध्यक्षमा चयन भएका छन् । यसअघिको कार्यकालमा सचिब रहेका भट्ट आइतबार उद्घाटन भएको जिल्ला अधिबेसनबाट अध्यक्ष पदमा चयन भएका हुन् ।यस्तै उपाध्यक्षमा दिवाकर जोशी, सचिब धनेन्द्र धामी र हरी जोशी, कोषाध्यक्षमा अर्जुन धामी चयन भएका छन् । सहसचिब सहित १० जना कार्यसमिति सदस्य मनोनित र १६ जना सदस्य निर्वाचित हुने नेबि संघ दार्चुलाका दिपक खातीले जानकारी दिनुभयो ।
यसअघि आधादर्जन बढीले अध्यक्षमा आकाक्षां देखाएको भएपनि तीन दिनदेखीको प्रयासपछि सहमतिमै नेतृत्व चयन भएको नेबि संघ दार्चुलाले जनाएको छ ।
नेपाल बिद्यार्थी संघ दार्चुलाको नबौ अधिबेसन काग्रेश केन्द्रिय सदस्य एबं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले गर्नुभएको थियो ।