बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन

५ बर्ष अघि

२0७५ पुष १७ मंगलवार

बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन

ललित सामन्त,पुस १७ दार्चुला ।  दार्चुलाको महाकाली नगरपालिका वार्ड नम्बर ४ खुल्ला मञ्चस्थित सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय डडेल्धुरा तथा उप शाखा कार्यालय दार्चुलाको आयोजनामा बीमा जागरण अभिकर्ता सम्मान कार्यक्रम सम्पन भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका   प्रबन्धक कमल राज गौतमको अध्यक्षता एवम् जिल्ला अदालत दार्चुलाका न्यायदिश गीरीराज गाैतमकाे प्रमुख आर्थित्यतामा सन नेपाल लाइफ इन्स्योरेन्स उप शाखा कार्यालय दार्चुलाको बिमा जागरण तथा अभिकर्ता सम्मान कार्याक्रम समापन गरिएको हो । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी उप शाखा दार्चुलाले जनाएकाे छ ।   कार्यक्रममा समाजसेवी तथा हास्ँयलाकार सिताराम कट्टेल र कुन्जना घिमिरेको विशेष प्रस्तुतिमा सन नेपाल लाइफको कार्याक्रम समापन गरिएको हो । कार्याक्रममा विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्थाहरु जनप्रतिनिधिहरु,सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधिहरु सञ्चारकर्मीहरु लगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।