मार्मा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा  एक करोड बजेट खर्च गर्दैँ 

५ बर्ष अघि

२0७५ पुष १६ सोमबार

मार्मा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा  एक करोड बजेट खर्च गर्दैँ 



सुलोचना महता, पुस १६ दार्चुला । दार्चुला जिल्लामा रहेको मार्मा गाउँपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको विकास गर्नका लागि एक करोड रुपैँया बजेट विनियोजन गरेको छ । स्वास्थ्य संस्था पहुँच   पु¥याएर स्थानीय बासिन्दाहरुको स्वास्थ्य स्तरमा सुधार गर्ने उद्देश्यले गाउँपालिकाले बजेट विनियोजन गरेको मार्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चक्रसिँह धामीले बताउनु भयो । 
गाउँपालिकाले चालु आवमा भौतिक पुर्वाधार तथा मर्मत निमार्ण तर्फ मार्मा गाउँपालिका वाड नम्बर ६ मा सामुदायिक स्वास्थ्य इकाई भवन निमार्ण गर्न १० लाख रुपैँया र सुत्केरी भर्ना तथा नर्सको डिउटी भवन निमार्ण गर्न ६ लाख बजेट विनियोजन गरेको छ ।  गाउँपालिकाबाट स्वास्थ्य चौकी गुल्जर सम्म डेढ सय मिटर बाटो निमार्ण गर्न १ लाख तथा स्वास्थ्य चौकी गुल्जर शौचालय निमार्ण गर्न  १ लाख ५० हजार बजेट छुट्याएको छ । त्यसैगरी बर्थिङ सेन्टर तपोवनमा निमार्ण गर्न ६ लाख रुपैँया,  गत साल निमार्ण शुरु भएको सामुदायिक स्वास्थ्य इकाई भैसेबगडका लागि २ लाख, स्वास्थ्य चौकी लटिनाथमा एमबुलेन्स पाकिङ छाना निमार्ण गर्न ४८ हजार ९ सय २० रुपैँया गाउँपालिकाले बजेट विनियोजन गरेको छ । 
त्यस्तै खरिद तर्फ स्वास्थ्य संस्थामा आवश्यक औजार÷उपकरण खरिदका लागि १० लाख, २८ वटा स्टेचर खरिद गर्न १ लाख ९० हजार रुपैँया, फर्निचर खरीद गर्न २ लाख ५० हजार, स्वास्थ्य चौकी गुल्जरमा (डेढ सय वाट क्षमता भएको सोलार खरीद ५० हजार रुपैँया, मसलन्द समान तथा व्यवस्थापन सामग्रीका लागि ६० हजार रुपैँया, महिला स्वास्थ्य स्वंय सेविकालाई यातायात खर्च ४ लाख ८० हजार, खोप भण्डार गर्ने गोल्ड चेन पारीबगडको घरभाडा १८ हजार रुपैँया, कोल्ड चेन स्पट सेन्टर पारीबगडका लागि इन्धन(मट्टितेल) खरिदका लागि ८२ हजार रुपैँया, स्वास्थ्य चौकी लटिनाथमा चौबिसै घण्टा इर्मजेन्सी सेवामा ओभर टाइम डिउटी गर्नेका लागि ६० हजार रुपैँया, ६ वटै वडामा जेष्ठ नागरीक स्वास्थ्य शिविर सञ्चालन गर्न ५ लाख रुपैँया, कास भ्यासिक ढुवानी खर्चका लागि ९० हजार रुपैँया, गाउँपालिकामा रहेका करार स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगीको तलब २९ लाख ७९ हजार रुपैँया, स्वास्थ्यकर्मीको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नका लागि ८० हजार रुपैँया, बर्थिङ सेन्टरका सुइपरहरुका लागि संक्रमण रोगथाम तालिम सञ्चालन गर्नका लागि ६० हजार, सञ्चार खर्च १२ हजार, सुपरभिजन तथा अनुगमन लगायत दैनिक भ्रमण भत्ताका लागि १ लाख बजेट, ढुवानी खर्च बाफत १ लाख ५० हजार रुपैँया लगायत विविध खर्च बाफत १ लाख बजेट छुटाएको गाउँपालिकाले जनाएको छ । 
मार्मा गाउँपालिकाले हाल सम्म गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाहरुका लागि औषधी, औजार, फनिचर, मसलन्द लगायत सोलार खरिद गर्नुको साथै भौतिक पुर्वाधारहरु  निमार्ण कार्य शुरु गरेको छ । मार्मा गाउँपालिकामा हाल ६ वटा वडाहरु मध्ये ५ वटा वडामा स्वास्थ्य चौकी रहनुको साथै वाड नम्बर ३ मा गाउँपालिकाले आफनै लगानीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरको छ ।