राष्ट्रिय मावि दत्तुले ५९ औँ बार्षिकाेत्सव मनायो 

५ बर्ष अघि

२0७५ पुष १६ सोमबार

राष्ट्रिय मावि दत्तुले ५९ औँ बार्षिकाेत्सव मनायो 

सुलोचना महता, पुस १६ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय दत्तुले आफ्नाे स्थापनाकाे  ५९ औँ बार्षिकाेत्सव सोमबार विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालयको ५९ औँ बार्षिक उत्सवका सम्बोधन गदैँ दार्चुला जिल्लाबाट समानुपातिक  सांसद दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय मावि दत्तुलाई मास्टर डिग्री सम्म पु¥याउन सहयोग गर्ने तथा शैक्षिक गतिविधि माथि उकास्न सहयोग गर्ने बताउनु भयो । 
त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेश सामन्तले अधिल्लो आर्थिक वर्षको विद्यालयको प्रगती विवरण सार्वजनिक गर्नु भएको थियो । विद्यालयको शैक्षिक  अवस्था तथा भौतिक संरचनाबारे  समेत उहाँले बताउनु भयो । विद्यालयकाे ५९ औँ बार्षिक  उत्सवमा महाकाली नगरपालिकाका प्रमुख हसंराज भट्टले शुभकामना मन्त्वय राख्दैँ  विद्यालय प्रअलाई इ—हाजिरी हस्तान्तरण गरेका छन् । महाकाली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरसिँह डागा, पूर्व प्रअ चन्द्र सामन्त, एमालेका प्रतिनिधि प्रकाश सामन्त, कांगे्रसका प्रतिनिधि गणेश सामन्त लगायत विद्यालय व्यवस्थापन समितिहरुले शुभकामना मन्तव्य राखेका छन् ।  विद्यालय व्यवस्थापन समिति अध्यक्ष गजेन्द्र कार्कीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा विद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीलाई सम्मान स्वरुप पुरुस्कार वितरण गरिएकोले बताउनु भयो । वार्षिक उत्सवमा अभिभावक, कर्मचारी लगायत स्थानीयको सहभागिता रहेको थियो ।