जडीबुटीको प्रवल सम्भावना रहेको क्षेत्र पहिचान 

५ बर्ष अघि

२0७५ पुष १६ सोमबार

जडीबुटीको प्रवल सम्भावना रहेको क्षेत्र पहिचान 

रमेश खत्री पुस १६ दार्चुला । दार्चुला जिल्लामा रहेको जडीबुटिको पर्वल सम्भावना रहेको क्षेत्र पहिचान गरिएको छ । 
दार्चुला जिल्लाका सविकका ६ वटा गाविसहरुमा चिराईतो, तेजपात, टिमुर , रिठा लगायतका जडीबुटीहरुको खेति गर्न क्षेत्र पहिचान गरिएको छ । 
जिल्लाका धाप, भगवती, मालिकार्जुन, रानिशिखर, ग्वानी र खलंगा गाविसमा रहेका स्थानियहरुको आर्थिक स्थिर माथि उठाउनका लागि क्षमता अभिवृद्धि गर्न आज दार्चुला जिल्ला महाकाली नगरपालिका वाड नम्बर ४ मा रहेको डिभिजन वन  कार्यालय दार्चुलामा बैठक बसेर जडीबुटीहरुकाे प्रवल क्षेत्र निर्धारण गरिएको हो । 
 डिभिजन वन कार्यालय दार्चुलाका वन अधिकृत हरि प्रसाद पाण्डेको अध्यक्षता एवं जिल्ला न्यायाधिस  गिरिराज गौतमको प्रमुख आथित्यतामा बैठक सम्पन्न भएको छ । दार्चुला जिल्लामा रहेको जडिबुटि चिराईतो, सतुवा,रिठा, तेजपात, अमला र टिमुर खेतिका लागि पकेट क्षेत्र पहिचान गरि प्रस्ताव अवाहनका लागि आज पुर्वतयारी बैठक बसेका डिविजन वन कार्यालय दार्चुलाले जनाएको छ ।