दार्चुलाबाट बगौरा जादै गरेको जिप दुर्घटना

५ बर्ष अघि

२0७५ पुष १४ शनिबार

दार्चुलाबाट बगौरा जादै गरेको जिप दुर्घटना

ललित सामन्त,पुस १४ दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वार्ड नम्बर ५ बगैरा स्थित से १ ज २९५ नम्बरको जिप दुर्घटना भएको छ ।शैल्यशिखर नगरपालिका वार्ड नम्बर ५ मा शनिबार बेलुकी ७ बजेतिर दार्चुला देखि बगौरा जादै गरेको बोलेरो जिप दुर्घटना हुदा गाडी चालक सहित एक जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आज मात्रै कक्षा ११ को ग्रेड वद्धि परीक्षा दिएर घर फर्किने क्रममा दार्चुलाको शैल्यशिखर नगरपालिका वार्ड नम्बर ५ मा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका इन्सपेक्टर रविन्द्र कठायतले जानकारी दिनु भएको छ । गाडी चालक दिपेन्द्र डागा रावल र विद्यार्थी गोविन्द्र डागा रावल घाइते भएका छन् । घाइतेहरुमा पनि गाडी चालक दिपेन्द्र डागाको खुट्टामा चोट लागेको छ भने अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनु भएको छ । जिप दुर्घटना ६ ÷७ सय मिटर तल खसेको पनि जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।