स्थानीय तह नेवि संघको समिति गठन, भोली जिल्ला अधिवेशन

५ बर्ष अघि

२0७५ पुष १४ शनिबार

स्थानीय तह नेवि संघको समिति गठन, भोली जिल्ला अधिवेशन

सुलोचना महता, पुस १४ दार्चुला । नेपाली कांगे्रसको भातृ संगठन नेपाल विद्यार्थी संघ दार्चुलाले जिल्लामा रहेको नौ वटै स्थानीय तहमा अधिवेशन गरी नगर समन्वय समिति गठन गरेको छ । नेपाल विद्यार्थी संघको केन्द्रिय अधिवेशनका लागि ७७ जिल्लामा नेवि संघको जिल्ला अधिवेशन भई रहेको वेलामा दार्चुलामा पनि पुस १५ गतेका दिन नवौँ जिल्ला अधिवेशन हुन लागेको नेवि संघ दार्चुलाका अध्यक्ष हिक्मत बहादुर सिँहले जानकारी दिनु भयो । नेवि संघ दार्चुलाका अध्यक्ष सिँहका अनुसार नेवि संघको जिल्ला अधिवेशनका लागि अपी हिमाल गाउँपालिकाबाट ९ जना , मार्मा गाउँपालिकाबाट २८ जना, लेकम गाउँपालिकाबाट ५४ जना, शैल्यशिखर नगरपालिकाबाट ६० जना, मालिकार्जुन गाउँपालिकाबाट ५२ जना, महाकाली नगरपालिकाबाट ५४ जना, नौगाड गाउँपालिकाबाट १५ जना, दुहुँ गाउँपालिकाबाट १७ जना र व्यासँ गाउँपालिकाबाट ३० जना गरी जम्मा स्थानीय तहहरुबाट ३ सय ७९ जना प्रतिनिधि रहेको छ । त्यसै गरी जिल्ला अधिवेशनका लागि जिल्ला कार्य समितिबाट ५० र नेवि संघ दार्चुलाका अध्यक्षबाट मनोनिति १० जना गरी ६० जनाको प्रतिनिधी छनोट गरीएको नेवि संघ दार्चुलाका अध्यक्ष सिँहले बताउनु भयो । नवौँ जिल्ला अधिवेशनका लागि सम्पूर्ण तयारी भइसकेको नेवि संघ दार्चुलाका अध्यक्ष सिँहले बताउनु भएको छ । भोली हुने नेवि संघको नवौँ जिल्ला अधिवेशनमा दार्चुला जिल्लाबाट सामानुपातिक निर्वाचित सांसद दिलेन्द्र प्रसाद बडुको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न हुने उँहाले बताउनु भयो ।