नौगाड गाँउपालिकामा टेक्टर पल्टीदा एकजना घाँईते  

५ बर्ष अघि

२0७५ पुष १३ शुक्रबार

नौगाड गाँउपालिकामा टेक्टर पल्टीदा एकजना घाँईते  

दृष्टिकोण समाचार  पुष १३ दार्चुला 
दार्चुला जिल्लाको नौगाड गाँउपालिकामा टेक्टर पल्टिदा एक जना घाईते भएका छन । 
शुक्रबार दिउसो नौगाड गाँउपालिका वडा नं. २ मा दार्चुला सदरमुकाम तिर आउदै गरेको से २ त १९६९ नम्बरको टेक्टर रोडबाट पल्टिदा गाडि धनिका छोरा निरज बहादुर बम घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
आज दिउसो २ बजेर ४५ मिन्टमा दुर्घटना भएको उक्त ठाउँमा हेर्न गएका अर्का लोकेन्द्र चुनारा पनि माथिबाट खसेको ढुङ्गा लागेर धाईते भएको र दुबैजनाको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको प्रहरी निरिक्षक प्रदिप चन्दले जानकारी दिनु भयो ।