दार्चुलामा ७ सय ४३ जना विद्यार्थीहरुले  कक्षा ११ को ग्रेड वृद्धि परीक्षा दिने

५ बर्ष अघि

२0७५ पुष १३ शुक्रबार

दार्चुलामा ७ सय ४३ जना विद्यार्थीहरुले  कक्षा ११ को ग्रेड वृद्धि परीक्षा दिने

ललित सामन्त,पुस १३ दार्चुला । भोली देखि दार्चुला लगायत देशैभर हुने कक्षा ११ को ग्रेड वृद्धि परीक्षाका लागि दार्चुलाबाट मात्रै झण्डै ७ सय ४३ जना विद्यार्थीले  परीक्षा दिने भएका छन् । भोली अनिर्वाय अंग्रेजी विषयको परीक्षा लागि दार्चुला बाट ५ सय ६४ जना विद्यार्थीहरुले परीक्षा दिन लागेको नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताउनु भयो । 
यस्तै पुस १५ तमुल्होसार परेकाले विद्यालय बन्द हुने  र १६ गते  पेडागोजी, फिजीक्स र शिक्षा गरी जम्मा ९१ जनाले परीक्षा दिने छन् । यस्तै १७ गते  कम्प्युटर ,ऐच्छिक नेपाली गरी ३८ जनाले परीक्षा दिने भएका छन् ।

१८ गते गणित,स्वास्थ्य गरी ८१ जनाले परीक्षा दिने छन् । यस्तै १९ गते ऐच्छिक अंग्रेजी,लेखा गरी ७१ जना विद्यार्थीहरुले परीक्षा दिन लागेको पनि विद्यालयका शिक्षक नवराज जोशीले बताउनु भयो । 
यस्तै २० गते बाइलोजी,टिचिङ,इतिहास,टिचिङ गणित अंगे्रजी गरी ६९ जना परीक्षार्थीहरुले परीक्षा दिने छन् । यस्तै २१ गते क्यामेस्ट््ररी अर्थशास्त्र ,जनसंख्या,गरी १ सय ५९ जना विद्यार्थीहरुले परीक्षा दिने भएका छन् । यस्तै परीक्षाको अन्तिम दिन अनिवार्य नेपालीको परीक्षा दिनेको संख्या भने ९५ जना रहेको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनु भएको छ । जिल्लाका २३ विद्यालयका विद्यार्थीहरुले कक्षा ११ को ग्रेड वृद्धि परीक्षा दिन लागेका हुन । विगतका वर्षहरुमा शैल्यशिखर नगरपालिका वार्ड नम्बर ९ गोकुलेश्वरमा परीक्षा हुने गरेको थियो । भने यस पटक मात्रै जिल्ला सदरमुकाममा मात्रै हुन लागेका यो  पहिलो पटक हो ।