स्थानीय सरकारले पनि छाउपडी उन्मुलनका लागि जनचेतनामुलक कार्यक्रम गर्ने

५ बर्ष अघि

२0७५ पुष १३ शुक्रबार

स्थानीय सरकारले पनि छाउपडी उन्मुलनका लागि जनचेतनामुलक कार्यक्रम गर्ने

 रमेश खत्री,पुस १३ दार्चुला । सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयको टोली पहिलो पटक दार्चुला आइपुगेको आज तेस्रो दिन दार्चुलाका ९ वटै स्थानीय तहका जनप्रतिनिधिहरुलाई छाउपडी उन्मुलनका लागि अन्तक्र्रिया कार्यक्रम गरेर आज शुक्रबार सम्पन भएको छ । कार्यक्रममा दार्चुलाका स्थानीय सरकारका जनप्रतिनिधिहरुले आ—आफनो नगर तथा गाउँपालिका बाट छाउपडी उन्मुलनका लागि जनचेतना मुलक कार्यक्रम गर्ने बताउनु भयो ।

आज भएको छाउपडी उन्मुलनका लागि अन्तक्र्रिया कार्यक्रममा सुदुरपश्मि प्रदेशका शाखा अधिकृत यक्ष राज भटराईको अध्यक्षता एवम महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्टको प्रमुख आत्र्थित्यतामा छाउपडी उन्मुलन कार्यक्रम सम्पन भएको हो । आज भएको कार्यक्रममा दार्चुलाका ९ वटै स्थानीय तहका प्रमुख तथा उप प्रमुख स्थानीयतहमा रहेका दलित महिला सदस्य लगायत पत्रकार महिला अधिकारकर्मीसंग छाउपडि उन्मुलन सम्बधमा राय सुझाव संकलन गर्न अन्तक्रिया कार्यक्रमको आयोजना गरेको बताएका छन् ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु, राजनितिक दलका जनप्रतिनिधिहरु दार्चुलाका नौ वटै स्थानीय तहका प्रमुख एवम उप प्रमुख सुरक्षा निकायका जनप्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको सहभागितामा छाउपडि उन्मुलन कार्यक्रम सम्पन भएको छ । उक्त २ दिने कार्यक्रम गल्फैमा रहेको शिखर होटलमा सम्पन भएको हो ।