दुहुँ गाउपालिकाले पर्यटन विकासका लागि ३ करोड खर्च गर्दैँ

५ बर्ष अघि

२0७५ पुष १३ शुक्रबार

दुहुँ गाउपालिकाले पर्यटन विकासका लागि ३ करोड खर्च गर्दैँ

 

सर्मिला धामी, पुस १३ दार्चुला । दार्चुला जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित दुहुँ  गाउपालिकाले चालु आथिक वर्षमा  पर्यटन  क्षेत्रको विकास गर्न ३ करोड १५ लाख रुपैँया बजेट विनियोजन गरेको छ । पर्यटकहरुका लागि  विभिन्न भौतिक निमार्ण तथा दुहँ गाउँपालिकामा रहेको धार्मिक, सांस्कृतिक सम्पदा जर्गेना गरी  प्रचार प्रसार गर्नका निम्ति  चालु आव  उक्त बजेट खर्च गरिने दुहुँ गाउपालिकाले जनाएको छ । दुहुँ गाउँपालिका भित्र पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु प्रशस्त हुनुको साथै पर्यटकीय दृष्टिकोणले एकदमै रमणीय ठाउँ भएको हुदाँ सो ठाउँमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सहज रुपमा सेवा दिने उद्देश्यले  बजेट विनियोजन भएको दुहुँ गाउपालिकाका उपाध्यक्ष ईश्वरी जोशीले बताउनु भएको छ ।  दुहुँ गाउँपालिकाले पर्यटकीय सम्भाव्यता अध्ययन गरी दुहुँ गाउँपालिका  वडा नम्बर २ मा रहेको  सिद्धटोपी मन्दिरमा  भीउ टावर निमार्ण गर्न २० लाख रुपैँया विनियोजन हुनुको साथै  डिपीआरका लागि ५ लाख रुपैँया बजेट गाउँपालिकाले छुटाएको छ । हाल डीपीआरको काम शुरु भर्इ टावर निमार्ण कार्य केही दिनमा शुरु हुने दुहुँ गाउपालिकाका उपाध्यक्ष  जोशीले बताउनु भयो । 
दुहुँ गाउपालिका वडा नम्बर ४ मा १० लाख रुपैँया बजेट छुट्याएर प्रथम दुहुँ महोत्वसब लगाइएको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र कार्की बतानु भयाे । दुहुँ गाउपालिका वडा नम्बर २ र ५ क्षेत्रमा  जम्पीङ पुल निमार्ण गर्न  २ करोड ४५ लाख रुपैँया बजेट छुटाई  निमार्ण गर्नका लागि चाहिने सबै समान जुटाएको गाउँपालिकाले जनाएको छ । दुहुँ गाउँपालिका वडा नम्बर २ मा बाल उद्यान स्थापनाको लागि १० लाख रुपैँया बजेट विनियोजित भएको छ ।