गुड नेवर्स द्धारा विभिन्न ठाउँको अनुगमन

५ बर्ष अघि

२0७५ पुष १३ शुक्रबार

गुड नेवर्स द्धारा विभिन्न ठाउँको अनुगमन

ललित सामन्त,पुस ११ दार्चुला । सिआरडिएस संगको साझेदारी तथा गुड नेभर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा जिल्लाको बिभिन्न स्थानमा सञ्चालित कार्यक्रमहरुको संयुक्त अनुगमन गरीएको छ । गुड नेभर्स इन्टरनेशनलको कार्यक्षेत्र रहेको महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तु, मालिकार्जुन गाउँपालिका १ र २ भगवती, वडा नम्बर ३ मालिकार्जुन, वडा नम्बर ६ र ७ उकु, वडा नम्बर ८ शंकरपुर पस्ती लगायत स्थानका बिद्यालय र समुदायमा सञ्चालित कार्यक्रम र उद्यमीहरुको उद्योग ब्यावसायको बुधबार अनुगमन निरिक्षण गरीएको हो ।
सन् २०१६ देखी २०१८ सालसम्म २ बर्षको अवधीमा गुड नेभर्स इन्टरनेसनल नेपालले बिभिन्न बिद्यालय, समुदाय र ब्यावसायिहरुलाइ सहयोग गरेका सामाग्री तथा उद्यमीहरुको ब्यावसाय अनुगमन गरीएको गुड नेभर्स इन्टरनेसनल नेपाल दार्चुलाका जिल्ला संयोजक तेज प्रसाद सर्माले जानकारी दिनुभयो । बिद्यालयहरुमा बिभिन्न शैक्षिक सामाग्रीहरु, कम्प्युटर, पुस्तकालय र प्रयोगसालाका सामाग्रीहरु लगायतको सहयोग गरेको पाइएको छ । साथै बालक्लब गठन गरेर बाल अधिकार, बाल संरक्षण लगायत बिषयमा पैरबी, सचेतनामुलक कार्यक्रमहरु, बिद्यालय र समुदायको सरसफाइ, बालबिबाह रोकथाम गर्न सडक नाटक लगायतका गतिबिधिहरु सञ्चालन भएको शंकरपुर वालक्लबका पदाधीकारीहरुले बताएका छन् । यस्तै बिभिन्न बस्तीहरुमा बिपन्न समुदायका उद्यमीहरुलाइ बाखा्र सहयोग गरेर बाख्राहरुको बाह्य परजिबि नियन्त्रण गर्ने ट्याङकीहरु निर्माण गरेको पाइएको छ । सिलाइ, झोला बुनाइ, इलेक्ट्रोनिक पशल, मोबाइल मर्मत, ग्यारेज, फोटो स्टुडियो लगायत ब्यवसायमा उद्यमीहरुलाइ आर्थिक र प्राबिधिक सहयोग गरेको पाइएको छ ।
बुधबार भएको संयुक्त अनुगमनमा भगवती र दत्तु क्षेत्रमा एक टोली, शंकरपुर र मालिकार्जुन क्षेत्रमा दोस्रो टोली र उकु क्षेत्रमा तेस्रो टोली परिचालन गरेर तीन कलस्टरमा अनुगमन गरीएको गुड नेभर्स इन्टरनेसनल नेपालका जिल्ला कार्यक्रम संयोजक शर्माले बताउँनुभयो । समग्रमा उद्यमी र बिद्यालयहरुले पाएको सहयोगका कारण सिकाइ उपलब्धी र ब्यावसायिक सफलता प्राप्त भएको भन्दै खुसी ब्यक्त गरेका छन् । अगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षा गरीएको मालिकार्जुन माबिका प्रधानाद्यापक भुवन डागाले जानकारी दिनुभयो ।
अनुगमनमा जनप्रतिनिधिहरु, सिआरडिएस र गुड नेभर्स इन्टरनेसनल नेपालका कर्मचारी,सञ्चारकर्मी र स्थानीय तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।