कर्मचारी समायोजन गर्न आवेदन खुला

५ बर्ष अघि

२0७५ पुष ११ बुधबार

कर्मचारी समायोजन गर्न आवेदन खुला

सरकारले कर्मचारी समायोजन गर्न आवेदन खुला गरेकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारदेखि कर्मचारी समायोजनका लागि वेवसाइटमा सूचना प्रकाशित गरेको छ । मन्त्रालयले प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग प्रतिष्ठान तथा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीका लागि, साविकमा जिल्ला विकास समितिहरुको सेवामा स्थायी नियुक्ति पाएर हाल जिल्ला समन्वय समिति तथा कुनै स्थानीय तहमा कार्यरत कर्मचारी र अध्यादेश प्रारम्भ हुनुअघि सरकारी सेवामा नियुक्ति भएका कर्मचारी तर नयाँ संरचना वा दरबन्दीमा नपरेका स्थायी कर्मचारीका लागि छुट्टाछुट्टै आवेदन गर्न मिल्ने गरी चारवटा सूचना मन्त्रालयको वेवसाइटमा प्रकशित भएकाे छ । सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी पनि स्वीकृत गरेको छ । संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम भएको छ । यही संरचना र दरबन्दीका आधारमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाउने मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले बताउनु भयाे ।