जापान सरकारद्धारा नेपाली कामदारलाई श्रम बजारमा सेवाको अनुमति

५ बर्ष अघि

२0७५ पुष ११ बुधबार

जापान सरकारद्धारा  नेपाली कामदारलाई  श्रम बजारमा सेवाको अनुमति

दृष्टिकोण समाचार, पुस ११ काठमाडौ । जापानमा गएर काम गर्न चाहने नेपालीका लागि बाटो खुल्ला भएको छ । जापान सरकारले नेपाली कामदारलाई आफनो श्रम बजारमा सेवाको अनुमति दिन भएपछि जापानको श्रम बजारमा नेपालीलाई अवसर मिल्ने भएको हो । केहि समय अघि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले आफना जापानी समकक्षीसँग भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रंदान गर्ने निर्णय गरेको हो ।

जापानको मन्त्रीपरिषद्लेको मंगलबार बसेको बैठक विदेशी कामदार सम्बन्धी एक सय २६ बँुदे नीति पारित गर्दे नेपाली सहित ११ देशबाट कामदार लैजाने निर्णय गरेको हो । नेपाली आप्रवसी कामदारको सहजीकरणका निम्ति नेपाली भाषा जानेका व्यक्तिलाई जापानि सेवा केन्द्रमा खटाईने जापानी अखवार द जापान टाइम्सले जनाएको छ । कृषि,मत्यपालन,औद्योगिक क्षेत्र र पर्यटन व्यवसायमा नेपाली चिनियाँ इन्डोनेशियाली लगायत आठ देशका नागरिकलाई अवसर दिने समाचारमा उल्लेख छ । जापानले विदेशी कामदारले गनुपर्ने कामका लागि १४ वटा क्षेत्र तोकेको छ । नर्सिङ केयर रेस्टुरेन्ट निर्माण लगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी प्राथमिकता दिएको छ । पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार एक सय ५० कामदारलाई जापान लैजाने नीति छ । यसमध्ये नेपाललाई कति संख्यामा कोटा दिने भत्रे टंगो लागेको छैन । अर्को महिना जापानको प्राविधिक टोली नेपाल आउने र नेपाली कामदारलाई जापान लैजाने विषयमा संयन्त्र बनाउने प्रक्रिया अघि बढने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालययले जनाएको छ त्यही बैठकले संख्याको समेत टुगो लगाउनेछ । जापान सरकारले नयाँ नीति अन्तर्गत बहुसास्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुने र यसले नेपालीसहित विभिन्न ११ वटा भापामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्ने छ ।

सुरुमा अप्रिल महिनादेखि नर्सिङ केयर, लजिङ तथा रेस्टुरेन्टका लागि भाषा परीक्षा लिइने योजना छ । जापानको नयाँ नीतिअनुसार १८ वर्षभन्दा माथिका कामदारहरू रोजगारीका लागि योग्य हुने छन् । अब उच्चदक्षता भएकाहरू परिवारसहित जान पाउनेछन् र उनीहरूको भिसा थपिरहन मिल्नेछ।अहिलेसम्म नेपाली कामदारले जापानमा प्रशिक्षणका हैसियतमा मात्र काम गर्दै आएका छन् । कतिपय विद्यार्थी र पर्यटक भिसामा पुगेकाहरुले पनि काम गरिरहेका छन् । अरु गन्तव्य देशको तुलनामा जापानमा पारिश्रमिक राम्रो छ । नेपाल र जापानबीच यसअघि नै श्रम सम्झौता भैसकेको छ । अहिले नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये करिब ८७ प्रतिशत खाडी र मलेसियामा छन् ।