शसक्त बन्दै व्याँसका महिलाहरु ः अधिकारको बारेमा वकालत 

५ बर्ष अघि

२0७५ पुष १0 मंगलवार

शसक्त बन्दै व्याँसका महिलाहरु ः अधिकारको बारेमा वकालत 

रमेश खत्री, पुस १० दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ५ तिग्रममा रहेको भूमिराज महिला शसक्तिकरण केन्द्रमा आबद्ध महिलाहरुले निरन्तर रुपमा स्थानीय तहसँग महिला हक अधिकारको बारेमा वकालत गर्ने गरेका छन् । संकल्प दार्चुलाद्वारा सञ्चालित दक्षिण एसियाली अन्तरदेशीय सीमा नदिहरुको पानीको सामुदायिक सदुपयोग परीयोजना(ट्रोसा) कार्यक्रम अन्तरगत समुदायमा आधारित विभिन्न सवाल र विकासमुखी अवधारणाका बारेमा निरन्तर रुपमा स्थानीय सरकारसँग पहल गरेका छन् ।सुरुमा घरभित्र सिमित तिग्रमका ३४ परिवारका महिलाहरु समुहमा आवद्ध भएपछि हप्तामा दुई पटक बैठक बसेर आफ्ना समस्याहरुको बारेमा छलफल र वकालत गर्न सक्ने भएको भुमिराज महिला शसक्तिकरण केन्द्रकी अध्यक्ष नन्दा कुवरले बताइन् ।
शुरुमा महिलाहरुलाई बैठकमा बसाल्न समेत समस्या हुने र हाल आएर आफै बैठक बस्ने, आफ्ना हक अधिकार र बारेमा विभिन्न निकायसँग छलफल गर्न सक्ने क्षमताको विकास भएको सामाजिक परिचालिका कलावती धामीले बताउनु भयो ।सीमा क्षेत्रमा बसोबास गर्दा आफुहरुलाई भारतबाट सामान ल्याउँदा असहज परिस्थिति हुने गरेको महिलाहरुले गुनासो गरेका छन् । संकल्प दार्चुलाको आयोजनामा मंगलबार भएको मिडिया परिचालन कार्यक्रममा संकल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशी र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।