ईलाका प्रहरी कार्यालय गोकुलेश्वरकाे  सार्वजनिक सुनुवाई

५ बर्ष अघि

२0७५ पुष १0 मंगलवार

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरकाे  सार्वजनिक सुनुवाई

गणेश सिह धामी, पुस १० गोकुलेश्वर । इलाका प्रहरी कार्यालय गोकुलेश्वरले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरले चालु आर्थिक बर्षमा सम्पादन गरेको कार्यक्रम र सेवा प्रवाहको अवस्था बारे नागरिक सुनुवाई गरिएको हो । हरेक सार्वजनिक निकायले शुसासनको औजारको रुपमा रहेको सार्वजनिक सुनुवाई कार्यक्रम गरी सेवाग्राहीबाट सल्लाह सुझाव र प्रतिक्रिया लिई सेवा प्रवाहलाई दुरुस्त गर्न सार्वजनिक सुनुवाई गर्नु पर्ने प्रावधान रहेको छ ।
यसैबीच ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज प्रहरी नायव निरिक्षक रबिन्द्र कठायत जवाफदेही बक्ता रहेका थिए । कार्यक्रमका सहभागीहरुले उठाएका जिज्ञासा तथा सल्लाह सुझावहरुको बारेमा जवाफ दिनुभएको थियो । गोकुलेश्वर इलाका प्रहरी कार्यालयले २०७५ बैशाख देखि हालसम्म ३४ वटा नविदेनहरु दर्ता गरिएका छन् । चालु आर्थिक बर्षमा आत्महत्याका ४, भवितव्य ज्यान सम्बन्धीका ४, जबर जस्ती करणीका ३ वटा घटना घटेका छन् ।
यसैगरी कार्यालयले यो अवधिमा जनचेतना मुलक कार्यक्रम पाँच वटा सञ्चालन गरिएका छन् । विपदका कारण क्षती भएका नौ वटा घटनाहरुमा उद्धार गरिएको, सडक दुर्घटनाको एक घटना भएको प्रहरीले जनाएको छ । यसका अतिरिक्त जघन्य घटनाका ५ जना प्रतिबादी पक्राउ गरेको छ भने १ जना फरार रहेको इलाका प्रहरी कार्यालयका इन्चार्ज रबिन्द्र कठायतले जानकारी दिनुभयो ।